१२ असार २०८३, शुक्रबार

पशुपति मन्दिर खुल्ला गर्नुपर्ने भन्दै धार्मिक संगठन द्वारा धर्ना

एसीपी संवाददाता

२८ आश्विन २०७७, बुधबार १३:४८ मा प्रकाशित

पशुपति मन्दिर खुल्ला गर्नुपर्ने भन्दै संयुक्त धार्मिक संगठन संघर्ष समितिले पशुपति क्षेत्रमा धर्ना दिएको छ ।

पशुपति दर्शन गर्न आउने भक्तजनका लागि पशुपतिनाथको दर्शन गर्न मन्दिर खुल्ला गर्नुपर्ने माग राख्दै समितिले पशुपतिको मुख्य द्धारमा धर्ना दिएको हो ।

कर्मचारीहरुद्वारा बालुवाटारमा थाल थटाएर प्रदर्शन

अफगानिस्तानमा दुई हेलिकप्टर भिडदा १५ को मृत्यू

नेपाली भुमि फिर्ता गर,हिन्दू संस्कृति माथी हस्तक्षेप बन्द गर भन्दै बिरोध प्रदर्शन

बजार, यातायात सबै खुल्ला हुँदा पनि धार्मिक स्थल भने नखुलाएर सरकारले हिन्दुहरुको धार्मिक आस्थामाथि कुठाराघात गरेको पशुपतिथान सेवा संघका अध्यक्ष केदारमान भण्डारीले बताउनु भयो । पशुपतिथान खुल्ला गर्न आग्रह गर्दै आएको भएपनि सरकारले पशुपति खोल्ने विषयमा कुनै निर्देशन नदिएको भन्दै आफुहरुले शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको उहाँले बताउनु भयो ।

विश्व हिन्दु महासंघ नेपालका महासचिव गणेश प्रसाद न्यौपानेले कोरोना संक्रमणका कारण विश्व भयावित भइरहेकको अवस्थामा सरकारले बन्द गर्नुपर्ने कुरा बन्द नगरेर पशुपति मन्दिर मात्र बन्द गरेको बताउनु भयो ।

उहाँले मन्दिर बन्द गरेर कोरोना कम नहुनेभन्दै सरकारलाई दवाव दिन ध्यान धर्ना कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

धर्नामा सहभागिहरुले सांकृतिक अतिक्रमण बन्द गर, राज्यले जनताको हक निषेध र नियन्त्रण गर्ने होइन, नियमित र व्यवस्थीत गरियोस् लगायतका प्लेकार्ड समेत बोकेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] पशुपति मन्दिर खुल्ला गर्नुपर्ने भन्द… […]

trackback

[…] पशुपति मन्दिर खुल्ला गर्नुपर्ने भन्द… […]

trackback

[…] पशुपति मन्दिर खुल्ला गर्नुपर्ने भन्द… […]

3
0
Would love your thoughts, please comment.x
()
x