११ मंसिर २०८३, बिहीबार

प्रचण्ड-नेपालको पत्ता साफ, अख्तियारमा धूलो परेका फाइल झिकेर जेल कोच्ने तयारी

एसीपी संवाददाता

१० माघ २०७७, शनिबार १८:५० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपा यति बेला विभाजित छ । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल एकजुट भएका छन् ।

यसबीच जनआलोचनाका रुपमा रहेका प्रचण्डनेपाल समुहलाई झड्का लाग्ने देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल निकाले भ्रष्टाचारीलाई नछोड्नेबाटोमा सरकार हिँडेको बताएका छन् ।

 यदि ओली सरकारले अख्तियार जागरुक पारे भने प्रचण्डनेपालपक्षका कयौं नेता जेल जान सक्ने जनआशंका छ । प्रचण्डलगायतकै नेता पनि विभिन्न भ्रष्टाचारका काण्डमा मुछिने सम्भावना छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई पनि नछाडिने बताएका छन् । सरकारले यस्तो कदम चालेसँगै प्रचण्डपक्ष त्रासमा परेको उनको भनाइ छ ।

शनिबार ओली समूहका अगुवा कार्यकर्तालाई गुल्मीको रेसुंगा नगरपालिकाको तम्घासमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने ‘वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ, भ्रष्टाचारी त्रसित भएका छन्।’

सरकारले तोकिएकै समयमा निर्वाचन गराउन गृहकार्य अगाडि बढाएकाले अब गाउँ–गाउँमा जनतालाई आफ्नो पक्षमा पारेर चुनावी अभियान सञ्चालन गर्न ज्ञवालीले कार्यकर्तालाई निर्देशन दिए । ‘अबको विकल्प सडक होइन, निर्वाचन हो,’ उनले भने, ‘हामी जनताको फैसला स्वीकार्न तयार छौं, हारेर जंगल पस्दैनौं, जनताको सेवामा अविचलित भई निरन्तर खट्छौं ।’ नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x