बैतडीमा नेकपा एमालेले गरेको आक्रमणको बिरोधमा नेबिसंघद्वारा प्रदर्शन
बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउदमाथि भएको आक्रमणको विरोध गर्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका बिद्यार्थीले बैतडीमा भएको घटनाको विरोध गर्दे दोषीमाथि कारवाही हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । मंगलबार बैतडीमा साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गर्दा साउदसहितका नेता कार्यकर्ता घाइते भएका थिए ।
मुलुकमा हत्या हिंसा हुदा पनि सरकार मौन रहेको र नेकपा राजनीतिक प्रतिशोध साध्न व्यस्त रहेको आरोप प्रदर्शनमा सहभागीहरुले लगाएका छन् ।
बिरोध प्रदर्शनमा सहभागीहरुले सरकार बिरोधी नारा लगाएका थिए । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि माग गरेका छन् । अहिले नेकपा दुई चिरा भएर आपसमा भिडन्त गर्दै आएको बेला बैतडी जानी जानी आमसभा बिथोल्ने कार्य भएको काङ्ग्रेसको ठहर छ । दोशीलाई कार्यवाही न गरे थप आन्दोलन गर्ने संघले बताएको छ ।


