भेरीमा उपचाररत् कोरोना संक्रमित युवतीको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा उपचाररत् कोरोना भाइरस संक्रमित युवतीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ९ बाँकेगाउँ बस्ने २५ बर्षीया युवतीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । धनगढी उपमहानगरपालिका २ स्थायी घर भएकी ती युवती नेपालगन्जमा बस्दै आएकी थिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनले भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिइएकी थिइन् । ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । उनलाई रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।
डा.केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगे
डा.सापकोटाको निधनमा शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना
स्वास्थ्य कमजोर बोल्न सक्दैनन् डा. गोविन्द केसी
उनको शुक्रबार पौने पाँच मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

सरकार कोरोना संक्रमण रोक्न सफल कि असफल ? शुक्रबार थप २ हजार ७ सय २२ संक्रमित




