२ श्रावण २०८३, शनिबार
भेरी अस्पतालमा कोरोना संक्रमितको शुक्रबार राती मृत्यु
कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका ५० बर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१ धम्वोजीका ती पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा शुक्रबारराती मृत्यु भएको हो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि ती पुरुषले असोज २५ गते बागेश्वरी प्रयोगशालामा परीक्षणका लागि स्वाव दिएका थिए । उनको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
- बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ७२ जना कोरोना संक्रमित
- वुहानबाट सुरु भएको कोरोना भाइरस नेपालमा अहिले किन् तीव्र रुप लिदै
- बाँकेमा कोरोनाका कारण कतिले ज्यान गुमाए ?
श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज २७ गते भेरी अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनको शुक्रबार राती १० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।




[…] भेरी अस्पतालमा कोरोना संक्रमितको शुक… […]