संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ रहेको जानकारी
नेपालमा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ७ सय २ जनामा कोरोना देखिएको छ ।
जसअनुसार काठमाडौमा १ हजार ४ सय ३१ , भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७ सय ६५ जनाको मृत्यु भएको छ ।
मुख्यमन्त्री शाही आफै भन्छन् चीनद्वारा सीमा मिचिएको छ छानविन गरौं
चीनको बेल्ट एण्ड रोड परियोजना,इटाली संकटमा परेको अभिव्यक्ति
मन्त्रालयका अनुसार मंगलबार थप २ हजार १ सय ८ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९६ हजार ६ सय ९ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ रहेको छ । हाल क्वारेन्टाइनमा ४ हजार २ सय २० जना छन् भने नेपालमा हालसम्म १३ लाख १४ हजार ७ सय ७९ वटा पिसिआर परिक्षण गरिएको छ ।



