३ आश्विन २०८३, शनिबार

गर्मीका कारण हज गर्न गएका मध्ये ६ सयको मृत्यु

एसीपी संवाददाता

७ असार २०८१, बिहीबार १०:४८ मा प्रकाशित

एजेन्सी  । अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध वृद्धा र दीर्घरोगीहरुको मृत्यु भएको छ ।      मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरू छन् । भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कूटनीतिक नियोगलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

हज यात्राका क्रममा बर्सेनि यत्तिका सङ्ख्यामा हजयात्रीहरुको मृत्यु गरेको छ । तर यो वर्ष अझै समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको अधिकारीहरूले बताएका छन् । ‘यो हरेक वर्ष हुन्छ । यो पनि निरन्तरता नै हो । तर अब केही दिनमा यो अझै बढेर जाँदै छ भन्ने कुरा चाँहि हाम्रो लागि जोखिमपूर्ण हो,’ एक अधिकारीले भनेका छन् । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x