८ मंसिर २०८३, सोमबार
चीनलाई भारतको प्रष्ट जवाफः दलाई लामा सम्मानित धार्मिक नेता हुन्
काठमाडौं। भारतले तिब्बती निर्वासित धार्मिक नेता दलाई लामासँग अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलको भेटवार्ता अनुमतिबारे चिनियाँ आपत्तिको खारेज गरेको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नियमित बिफ्रिङमा भने, ‘दलाइ लामा एक सम्मानित धार्मिक नेता हुन् र भारतीय जनता गहिरो सम्मान गर्छन्। उनको धार्मिक र आध्यात्मिक गतिविधि सञ्चालनका लागि शिष्टाचार र स्वतन्त्रता दिइएको हो ।’
सात सदस्यीय अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलले १६–२० जुन सम्म भारतको भ्रमण गरेको थियो । उक्त प्रतिनिधिमण्डलले हिमाचल प्रदेशको धर्मशालामा दलाई लामासँग भेटघाट गरेको थियो। भेटवार्तामा अमेरिकाका पूर्वसभामुख नैन्सी पेलोसी पनि थिइन्। तर, यो भेटघाटप्रति चिनियाँ सरकारले आपत्ति जनाएको थियो। भारतले शुक्रबार चीनलाई जवाफ फर्काएको हो।
Subscribe
Login
0 Comments


