५ श्रावण २०८३, मंगलवार

उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह

एसीपी संवाददाता

२२ असार २०८१, शुक्रबार १०:०५ मा प्रकाशित

विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह परेका छन् । पछिल्लो समय समुद्रपार व्यापारमा व्यापक वृद्धि भएसँगै ९ वटा भारतीय बन्दरगाह उत्कृष्ट बन्दरगाहको सूचीमा परेका हुन् ।

विश्व बैंक र एसएण्डपी ग्लोबल मार्केट इन्टिलिजेन्सले सार्वजनिक गरेको सूचीमा परेका भारतीय बन्दरगाहहरुमा भीसाखापट्नम बन्दरगाह सबैभन्दा माथि छ । यो बन्दरगाह उक्त सूचीको १९ औँ स्थानमा रहेको छ । त्यसपछि मुन्द्रा बन्दरगाह सूचीको २७ औँ स्थानमा छ ।

त्यसपछि पिपाभाव, कमराजर, कोचिन, हजारिया कृष्णापट्नम चेन्नइ र जवाहरलाल नेहरु बन्दरगाह क्रमशः ४१ औँ, ६३ औँ, ६८ औँ, ७१ औँ, ८० औँ र ९६ औँ स्थानमा परेका छन् ।

यो सूचीमा दक्षिण एसियाका थप दुई बन्दरगाह पनि परेका छन् । जसमा श्रीलंकाको कोलम्बो बन्दरगाह ४० औँ र पाकिस्तानको कराँची ६१ औँ स्थानमा रहेका छन् । एजेन्सी न्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x