८ कार्तिक २०८१, बिहीबार

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

एसीपी संवाददाता

२५ असार २०८१, सोमबार २०:३८ मा प्रकाशित

काठमाडौँ । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् ।

एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले राजीनामा बुझाएका हुन् ।

एमाले मन्त्रीहरुकोे राजीनामाले जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । आइतबार काठमाडौंको पार्टी केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले भने मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको छ । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x