२० बैशाख २०८३, आईतवार

सुदूरपश्चिमबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली खटियो

एसीपी संवाददाता

२० कार्तिक २०८०, सोमबार ०९:१४ मा प्रकाशित

नेपालगन्जः जाजरकोट र रुकुमपश्चिममा भूकम्प पीडितलाई स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ । भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार रू एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आज बिहान सुर्खेत पुगेर टोलीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डा शिवराज पनेरुको नेतृत्वमा चार सदस्य स्वास्थ्यर्मीको टोली खटिएको छ ।  टोलीमा निर्देशनालयका पिपद् सम्पर्क व्यक्ति जोशी, केटा मेडिकल कलेजका डा गणेश फुलारा र स्वास्थ्य कार्यालय धनगढीका मीनबहादुर धामी रहनु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x