८ मंसिर २०८३, सोमबार

अब्राहम लिंकनको मूर्ति गर्मीले पग्लियो

एसीपी संवाददाता

१६ असार २०८१, शनिबार ०९:२८ मा प्रकाशित

वासिंटन । भीषण गर्मीका कारण अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनको राजधानी वासिंटनमा भएको मूर्ति पनि पग्लिएको छ । मूर्तिको टाउको, खुट्टा र राखिएको कुर्सीमा पनि असर गरेको छ । सो मूर्ति मोमबाट बनाइएको जनाइएको छ ।

डीसीमा अघिल्लो साताको अन्त्यदेखि यो साताका लागि यसअघि नै हिट इमर्जेन्सी घोषणा भएको थियो । त्यहाँ करिब १०० डिग्री फरेनहाइटको हाराहारीमा तापक्रम रहेको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x