११ मंसिर २०८३, बिहीबार

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल र प्रचण्ड समुहको देशव्यापी जन प्रदर्शन जारी

एसीपी संवाददाता

१५ पुष २०७७, बुधबार ०६:०४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेकाे छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जन प्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी हुनुभएको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शनमा शहीद ढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत भएको हाे ।

केपि ओलि विरुद्ध डडेल्धुरामा बिरोध प्रदर्शन


प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका शीर्ष नेताको सहभागिता रहेकाे छ । भृकुटीमण्डपमा सभालाई तीनै नेताले सम्बोधन गर्दै छन । नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।
यस्तै बाँकेमा पनि स्थानीय विपी चोकबाट सुरु भएको विरोध र्याली धम्बोझी चोक, घरबारी टोल, त्रिवेणी मोड हुँदै त्रिभुवन चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई नेकपा प्रचण्ड–माधव समूहका महेश्वर गहतराज ‘अथक’, दलबहादुर सुनार लगायतका नेताहरुले सम्बोधन गरेका थिए । प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाएका थिए । यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x