साउदीमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै, भाइरसले दुई जनाको ज्यान लियो

अरशद शेष राई
सउदी अरेबियाको सरकारले कोरोना भाइरसको संक्रमित रोकन जति प्रयास गरेपनि कोरोना नामक भाइरसले साउदी अरेबियाको प्रयासलाई बिफल पार्दै दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
साउदी अरेबियामा आज कोरोना नामक भाइरसको नयाँ १३३ जना कोरोना भाइरसको संक्रमितहरुको पुष्टि साउदी स्वास्थ्य मंत्रालयले गरेको छ ।
साउदी अरेबियामा कोरोना भाइरसको संक्रमितको जम्म संख्या मिलाएर २९ जनालाई रिकभर गरेको छ भने २ जनाको मृत्युको साथै ९०० जना कोरोना भाइरसको संक्रमित पुगेको बताएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण साउदी अरेबियाको शहर मक्का मुकरर्मा निवासी ४६ बर्षिय एक जनाको आज मृत्यु भएको छ । साउदी अरेबियामा कोरोना भाइरसबाट आज सम्म २ जनाको ज्यान गइसकेको छ भने ३ जनाको स्तिथी गंभीर रहेको छ ।
नयाँ भेटिएका १३३ जना मध्ये ११५ जना संक्रमित ब्यक्तिहरुको सम्पर्कको कारण भएको छ भने अन्य १८ जना हालको यात्राबाट अएका हुन । सबै जनालाई तिनीहरु आएपछि कोरिन्टाइनमा राखिएको छ ।
फाइल; तस्बिर




