६ कार्तिक २०८१, मंगलवार

जनावरको अधिकारको युगमा मानव अधिकार कता हरायो ?

एसीपी संवाददाता

२० जेष्ठ २०७७, मंगलवार १४:०८ मा प्रकाशित

नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य सुधान्शु कोइराला

कोरोनाले मानिसको ज्यान जाला न जाला तर सरकारको गैरजिम्मेवारी पनले धेरैले ज्यान गुमाउनु पर्नेमा कुनै शंका छैन भन्दै नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य सुधान्शु कोइरालाले बिचार ब्यक्त गर्नु भएको छ।

नेपाल-भारत सिमामा कुन ठाउँबाट कति मानिस आये ? कुन-कुन जिल्लामा जाने कतिको संख्यामा छन् ? सबै कुराको चुस्त अभिलेख राखेर गाडी भित्र सामाजिक दुरि कायम गराइ ब्यवस्थित तरिकाले सम्बन्धित जिल्लासम्म पुर्याउने जिम्मेवारी कसको हो ? रोजगारीको शिलसिलामा भारतको बिभिन्न शहरमा गएका नेपाली नागरिक जेनतेन दुख गरेर नेपालको सिमा सम्म त पुग्ने गर्छन् तर नतिजा के ? भनि सरकार तथा प्रसासन सँग प्रस्न गर्दै केहि तेइ गाडी भित्र संक्रमीत हुन पुग्छन् भने केही सिट क्षमता भन्दा बढी र चालकले गरेको मापसे सेवनले संक्रमीत नहुदा पनि भगवानको प्यारो बन्न पुग्छन् । संकटको समयमा नेपाली नागरिक आफ्नो सिमामा प्रवेस गरिसके पछि ब्यवस्थित र सम्मनित ढंगले सम्बन्धित गन्तब्य सम्म पुर्याउने जिम्मा कसको हो ? जनावरको अधिकारको युगमा मानव अधिकार कता हरायो ? सरोकारवालाहरुको ध्यान जाओस भनेका हुन ।

सिट संख्या , समजिक दुरि र मापसे कसले अनुगमन गर्छ? कोरोनाबाट जोगिदै नेपालगन्ज हुँदै आफ्नो घरको आगनमा पुग्ने क्रममा सडक दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पुर्णमा हर्दिक श्रद्धाञ्जली र उपचारको क्रममा रहनु भएकाहरुको शिग्र स्वास्थलाभको कामना गर्दछु भन्दै कोइरालाले दुख ब्यक्त गरेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x