१३ असार २०८३, शनिबार

जनताको लागि सडक सङ्घर्ष गर्न नेपाली काङ्ग्रेस तयार-महासमिति सदस्य शाह

एसीपी संवाददाता

२ कार्तिक २०७७, आईतवार १५:३७ मा प्रकाशित

नेपाल तरुणदल खजुरा गाउपालिकाले खजुरा गाउपालिका ७ सिमलघारीमा दशैको शुभकामना तथा पार्टि प्रबेश कार्यक्रम सम्पन्न गरेको छ वडा नम्बर ७ का युवाहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छ्न सुमन पौडेल जिवन खत्री कमल शाही सोम चन्द ठकुरि लगायत १०० जना जति युवा हरु पार्टि प्रबेश गरेका छन शुभकामना आदान प्रदान कार्यक्रममा पुर्व माननिय एव सबिधान सभा सद्स्य बाद्शाह कुर्मि प्रमुख अतिथि पुर्व माननिय आशा बिक क्षेत्रीय सभापति नकि खा महाधिबेशन प्रतिनिधि लक्ष्मि नारायण शाह महासमिति सद्स्य बिनोद चौधरी लगायतका नेताहरुको उपस्तिथि रहेको थियो  ।

कार्यक्रममा बोल्दै लक्ष्मि नारायण शाहले दशै पछि सरकारले गरि रहेको अनियमितताको भण्डाफोर गर्ने जनताको लागि सडक सङ्घर्ष गर्न नेपाली काङ्ग्रेस तयार रहेको जानकारी गराउदै आफ्नो भनाई राखेका थिए कार्यक्रममा आफ्नो भनाई राख्दै क्षेत्रीय सभापति नकि खाले नेकपा एउटा जालो मात्र हो जनता माझ गएर भ्रम छर्ने लोप लालच देखाउने कार्य मात्र गरेको छ चुनावको बेला खजुरा गाउपालिका का प्रमुखले चुनाव जितेपछि सुकुमबासीहरुलाई लालपुर्जा बितरण गर्छौ भनेका थिए खै लालपुर्जा ? सुकुमबासीहरुको समस्या समाधान नगरेर सुकुमबासीहरुलाई झन बिस्तापित खजुरा गाउपालिकाले गर्दै छ यदि खजुरा गाउपालिकाले सुकुमबासीको समस्या समाधान गरेन भने हामि आन्दोलन गर्न बाध्य हुनेछौ भन्दै आफ्नो भनाई राखेका थिए पुर्व माननिय आशा बिकले यो सरकार भ्रष्टाचारीहरुको समुह हो जनतालाई मिठाे सपना देखाउने अहिले जनतालाई भोकै मार्ने यो सरकारले कोरोना चेक जाचको लागि समाजिक परिक्षण पिसिआर गराउन सकेको छैन

जनताले तिरेको कर गाडि र सारी खरीद गर्नमा खर्च गरेको छ यस्तो सरकार अब नेपालमा जरुरत छैन भन्दै आफ्नो भनाई राखेकि थिइन कार्यक्रमको प्रमुख अतिथि बाद्शाहले नेकपा एउटा निति बिहिन पार्टि हो देश र जनताको चिन्ता छैन यिनि हरुलाई कुर्सी र पद बाड फाडमा ब्यस्त छ्न

कोरोनाको नाममा बिदेशी पैसा खाएर देशको अर्थ ब्यवस्था लाई यिनिहरुले खुकुलो बनाई सकेका छ्न राजा राणा फालेको काङ्ग्रेसले सडक सङ्घर्ष गरेर यि भ्रष्टाचारी जनता लुटुवा नेकपाको सरकार लाई फाल्छौ भन्ने खबरदारी गर्दै आफ्नो भनाई राखेका थिए नेपाल तरुण दल खजुरा गाउपालिकाका अध्यक्ष तथा कार्यक्रम का सभापति कोमल सिह ठकुरिले तरुण एकताको लागि सङठनलाई बलियो बनाउनको लागि नेताहरु एक्जुट हुने र खजुरा गाउपालिकामा भै रहेको भ्रष्टाचार अनियमितता बिरुद्व सबै तरुण युवाहरुलाई आवाज उठाउने आग्रह गर्दै कार्यक्रम समापन गरेका थिए

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x