१७ मंसिर २०८०, आईतवार

मस्जिद तथा मदरसा लगायत धार्मिक संस्थाहरुमा आश्रय लिएका व्यक्तिहरुको बारेमा अनुगमन सुरु

एसीपी संवाददाता

३ बैशाख २०७७, बुधबार १३:३९ मा प्रकाशित


कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि बाँकेमा स्थानीय प्रशासनले नेपालगञ्जका विभिन्न धार्मिक स्थलहरुमा अनुगमन गरी निगरानी बढाएको छ ।यसक्रममा कोरोनाको संभावित संक्रमण रोकथाम तथा न्युनिकरण गर्नको लागि मस्जिद तथा मदरसा लगायत धार्मिक संस्थाहरु र त्यसमा आश्रय लिएका व्यक्तिहरुको अवस्थाको बारेमा अनुगमन सुरु गरिएको हो ।बाँकेका विभिन्न मस्जिद तथा मदरसाहरुमा समुहमा मानिसहरु जम्मा हुने गरेको व्यापक जनगुनासो आएपछि स्थानीय प्रशासनले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको नेतृत्वमा विभिन्न मस्जिद मदरसाहरुको स्थलगत अनुगमन गरिएको हो ।संभावित संक्रमण रोकथाम तथा न्युनिकरण गर्नको लागि मस्जिद तथा मदरसाका धर्मगुरु, मौलाना, स्थानीय जनप्रतिनिधि सहित जिल्ला सुरक्षा समितिका सदस्यहरुको सहभागितामा सो अनुगमन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए ।उनले भने–‘ यो लडाँई कुनै पनि व्यक्ति, धर्म, संस्कृति वर्ग तथा समुदायसंगको नभई एउटा महामारीसंगको लडाँई भएका कारण यस लडाँईमा सबैको साथ र सहयोगको आवश्यकता रहेकोले सबै धार्मिक महत्वका स्थानहरुको अनुगमन गरिएको हो ।’ उनले सबै धार्मिक संस्थाहरुमा यस्तो अनुगमन गरिने जानकारी दिए ।उनले भने–‘हामीले अनुगमन गरेका सबै मस्जिद तथा मदरसाहरुमा लकडाउनको कारण अत्यन्त न्यून व्यक्तिहरु रहेको पाएका छौ । ती संस्था सञ्चालकहरुलाई व्यक्तिको भिडभाड नगराउन र बाहिरबाट आएका व्यक्तिलाई आश्रय नदिन सचेत गराएका छौ ।’सो टोलीले नेपालगन्ज–१६ जयसपुरको जामा मस्जिद, वडानंं १७ को शाहबाबा मस्जिद, वडा नंं. ६ फुलटेक्राको गरिब नमाज मस्जिद, वडा नंं. ४ को गौसिया ज्यउल मदरसा, वडा नंं. ११ एकमिनारी मस्जिद र वडा नंं ३ को फुलवारी मस्जिदमा स्थलगत अनुगमन गरेको थियो । सभार/ सदरलाइनडटकम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x