श्रमजीवी पत्रकारलाई गोल्डेन ऐज अनलाईन को राहत उपलब्ध
अजमत अली (बब्लु), बैशाख ५
।नेपालगञ्जका छापा माध्यम, अनलाईन, रेडियो, टेलिभिजन लगायत सञ्चार संस्था र मिडिया हाउसमा श्रमजीवीको रुपमा आÇनो ज्यान जोखिममा राखेर दिनरात समाचार संकलन, सम्प्रेषण गर्दै आइरहेका २० जना पत्रकारलाई गोल्डेन ऐज अनलाईन प्रालिले राहत उपलब्ध गराएको छ ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड—१९) रोग फैल्न नपाओस् र रोगबाट बच्नको लागि सरकारले देशभरी लकडाउन लगाएको छ । लकडाउनले गर्दा सम्पूर्ण व्यक्तिहरु आफ्नो घरमा बसेका छन् । अप्ठ्यारोमा परेका श्रमजीवी पत्रकारलाई आज विहिवार राहत स्वरुप खाद्ययान्न वितरण गरिएको छ ।
लकडाउनको समयमा आफ्नो ज्यान जोखिममा राखेर भएपनि कोरोना भाइरस (कोभिड—१९)को समाचार संकलन तथा सम्प्रेषण गरिरहेको हुँदा लकडाउनले जीवनयापन गर्न गाह्रो भएका श्रमजीवी पत्रकारलाई राहत स्वरुप खाद्यायान्न वितरण गरिएको कुरा गोल्डेन एज प्रालि.का प्रबन्ध निर्देशक जयसिंह केसीले बताएका छन् ।
गोल्डेन एज अनलाईन प्रालिको आर्थिक सहयोगमा चामल, दाल, पिठो नून, तेल लगायतका खाद्यायन्न सामग्री नेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र, (भेरी एफ.एम. १०५.४ मेगाहर्ज)को भवनमा पत्रकारलाई बोलाएर प्रबन्धक जयसिंह केसी तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले संयुक्त रुपमा पत्रकारहरुलाई हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा समाजसेवी राहुल कौशलले पत्रकारहरुलाई ग्लब्स प्रदान गरी सहयोग गरेका थिए ।
यसैगरी प्रबन्धक केसीले गत चैत्र २७ गते कोहलपुरका १० जना पत्रकारलाई राहत उपलब्ध गराएका थिए भने दशगजामा क्यारेन्टाइनमा बसेका २०० जनालाई फलफुल तथा नास्ताका साथै ३ सय जनालाई मास्क वितरण गरेका थिए ।



