३१ जेष्ठ २०८१, बिहीबार

निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

एसीपी संवाददाता

१५ बैशाख २०७७, सोमबार ११:४९ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने जनाएको छ । सोमबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले कोभिड परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी गरेको बताए । उनले भने, ‘अब निजी प्रयोगशालाले पनि कोभिड १९ को परीक्षणका लागि बाटो खुलाभएको छ । सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने उनले बताए । मन्त्रालयका अनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या ५२ रहेको छ । जसमा १६ जना निको भएका छन् । सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ४३ हजार ६३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १० हजार ४ सय ७१ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ५३ हजार ५ सय ३४ वटा परीक्षणहरु भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x