१२ मंसिर २०८०, मंगलवार

चिनमा एक करोड १० लाख मानिसमा कोरोना संक्रमण भए/नभएको बारेमा स्वास्थ्य परीक्षण

एसीपी संवाददाता

५ जेष्ठ २०७७, सोमबार २०:२६ मा प्रकाशित

बेइजिङ — चीनमा कोरोना भाइरसबाट थप १७ जना संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेहरु थपिनेक्रम नरोकिएपछि वुहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

कोरोना भाइरसको उद्गमस्थल समेत मानिने वुहानमा केही समय यसको संक्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन संक्रमित हुनेहरुको संख्या थपिँदै गएको छ ।
सरकारी अधिकारीहरुले अहिलेसम्म वुहानका मात्रै झण्डै एक करोड १० लाख मानिसमा कोरोना भाइरसको संक्रमण भए/नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप ५ जना संक्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय संक्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन सहरमा यसै हप्तादेखि लकडाउन लागू गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार कुल संक्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । चीनमा कोरोना भाइरसबाट संक्रमित भएर अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ । चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x