१७ मंसिर २०८०, आईतवार

युनिसेफका प्रतिनिधि बाँकेको नरैनापुरमा

एसीपी संवाददाता

२० जेष्ठ २०७७, मंगलवार १२:०९ मा प्रकाशित

युनिसेफका प्रतिनिधिले आज बाँकेको नरैनापुर गाउँपालिकाका क्वारेन्टाइन र प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन् ।युनिसेफका प्रतिनिधिहरु स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरिक्षकहरुसंगै अनुगमनका लागि नरैनापुर पुगेका थिए ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र क्वारेन्टाइन व्यवस्थापकहरुसंग उनीहरुले छलफल गरेको स्वास्थ्य शाखा सहसंयोजक नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो । युनिसेफका उप प्रतिनिधि जेम्स म्याक्वेन प्याट्टरसन, युनिसेफ नेपालगञ्जका पोषण अधिकृत प्रकाशचन्द्र जोशी लगायतको टिम र स्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य निरिक्षक अंगद बहादुर शाही र जनस्वास्थ्य निरिक्षक एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आदर्श मावि लक्ष्मणपुर र मोतिपुर क्वारेन्टाइन तथा प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको अनुगमन गर्नुभएको शाहले बताउनुभयो ।

त्यस क्रममा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आइसोलेसन अस्पताल बनाउने भनिएको लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा विजुली र चिकित्सक नहुँदा समस्या भएको बताउँदै विजुली पुगेपछि आइसोलेसन बनाइने जानकारी गराउनुभयो । अनुगमनमा गएको टोलीले पनि विजुली नपुग्दासम्म तत्काल आइसोलेन सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको अध्यक्ष शाहले बताउनुभयो । क्वारेन्टाइनमा बस्नेहरुको संख्या कम हुँदै गएकाले अहिले क्वारेन्टाइन व्यवस्थापनमा पहिले जस्तो समस्या नभएको आफूले अवगत गराएको अध्यक्ष शाहले बताउनुभयो ।

त्यसक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, स्वास्थ्य शाखा संयोजक मोइन खाँ, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायतले कोभिड १९ नियन्त्रणका लागि भइरहेका प्रयास, भोग्नुपरिरहेको समस्या र क्वारेन्टाइन व्यवस्थापनबारे जानकारी गराउनुभएको थियो । नरैनापुरमा हालसम्म ९ सय ७८ जना क्वारेन्टाइनमा बस्दा संक्रमण नभएर ७ सय ९ जना घर फिर्ता भएका छन् ।

कालाफाँटामा कार्यरत गुल्मीका प्रहरी जवान सहित १ सय १६ जना संक्रमित भएकोमा एकजनाको मृत्यु भएको छ भने ३ जना उपचारपछि घर फर्केका छन् । अहिले नरैनापुरका क्वारेन्टाइनमा १ सय ५३ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका कारोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x