महान चाड ईद (ईदुल फित्र) कसरी मनाउने र लकडाउनको बेला अल्विदा र ईदको नमाज कहाँ र कसरी पढ्ने ?


इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको रमजान पर्वको अन्तिम शुक्रवारका दिन लकडाउनको बेलामा मुस्लिम समुदायले मस्जिदमा गएर पढिने पाँच पटकको फर्ज नमाज र रमजान महिना भरी एक महिना राखिने ब्रतका साथै शुक्रवारको विशेष नमाज तथा रमजानमा राती पढिने विशेष नमाज (तराबीह) घरमा पढे जस्तै यही जेष्ठ २२ गते हुने अल्विदाको नमाजको समय जोहरको नमाज घरमै पढ्ने जानकारी दिनु भयो । साथै अलबिदाको नमाज पढिने (अल्विदा) र रमजान महिनाको अन्तिम दिनको भोली पल्ट मनाइने पर्व ईद—उल—फित्र (ईद) को बारेमा मुस्लिम धर्मगुरु दारुल उलूम फैजुन्नबी जामा मस्जिदका मुफती मौलाना कैफुलवरा मिस्बाहीसँग भेरी एफ.एम. का स्टेशन म्यानेजर मोहम्मद आरिफ अन्सारीले लिएका अन्र्तवार्तामा बताउनु भयो ।
साथै, ईदको लागि नयां लुगा आवश्यक नरहेको, ईदको लागि सफा लुगा भए पुग्छ । त्यसैले ईदको लागि लकडाउनको बेला नयाँ लुगाफाटा किन्ने बहानामा बजारमा अनावश्यक भीडभाड नगरौं । आफूसँग भएको पैसा बचाएर राखौ, लकडाउन कहिलेसम्म जाने हो यसको बारेमा कसैलाई यकीन साथ भन्न सक्दैन । त्यसैले पर्वको बहानामा अनावश्यक खर्चबाट जोगिऔं र अत्यावश्यक वस्तु किनमेलको लागि घरको एकजनालाई जिम्मेवारी दिएर भीडभाड नगरेर आवश्यक वस्तु किन्ने गरौं र लकडाउनको पूर्ण पालना गरौं पनि भन्नु भएको छ ।
साथै, यही, जेष्ठ ११ अथवा १२ गते हुने ईद पर्व (ईद—उल—फित्र) मा ईदगाहमा नआएर लकडाउनको पालना गर्दै बिहान ५ बजेर २५ मिनेटपछि ४ रकाअत चास्त (नफिल) नमाज घरमै पढेर संसार भरी फैलिएको कोभिड—१९ उन्मूलनको दुआ (प्रार्थना) गर्ने आह्वान गर्नु भएको छ । जसले गर्दा मुस्लिम समुदायमा अल्विदाको नमाज र ईदको नमाजको विषयमा रहेको अन्यौलता हटेको छ ।