७ कार्तिक २०८१, बुधबार

गाउँपालिका अध्यक्ष थापाद्धारा ४३ नागरिकको उद्धार विजगनगर

एसीपी संवाददाता

८ जेष्ठ २०७७, बिहीबार १५:१२ मा प्रकाशित

जेठ ८ कपिलवस्तु कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष गोपाल बहादुर थापाले अलपत्र परेका ४३ नेपाली नागरिकलाई उद्धार गर्नु भएको छ । भारतको हरियाणा, पञ्जाब लगायत विभिन्न ठाउँबाट आइरहेका नेपालीहरुलाई बिहिवार उहाँले उद्धार गर्नुभएको हो । उनीहरु कामको सिलसिलामा भारत गएका थिए ।लकडाउन लम्बिएसँगै नेपाल आइरहेका उनीहरुलाई कृष्णनगरको बर्डरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । कपिलवस्तुको कृष्णनगर नाकाबाट कपिलवस्तुको विजयनगर गाउँपालिकाका २२ जना, बुद्धभूमी नगरपालिका, दाङ, बाँके, काठमाण्डौ लगायत विभिन्न ठाउँका अलपत्र २१ गरी ४३ जना नागरिकलाई नेपाल प्रबेश गराउनुभएको हो ।बढनी कस्टम कार्यालयका इन्स्पेक्टर राजेन्द्र यादव, ब्लाक प्रमुख डिके सिंह र इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको रोहबरमा नेपाल भित्रियाइएको हो ।यस अघि पनि गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भारतको विभिन्न ठाउँबाट आइरहेका ४१ जना दाङ, प्युठानका नागरिकलाई उद्धार गर्नुभएको थियो । नेपाल र भारतको १० गजामा आइपुगे पछि नेपाल, भारत दुबैले आउन नदिएको कारण लुकिछिपि आउँदा विजयनगरको गाँउपालिका पुगेपछि सिमामा अलपत्र भेटिएकालाई १ दिन क्वारेन्टाइनमा राखेर आफन्तको सम्पर्कमा आएका उनीहरुलाई गाडीको व्यवस्थापन गरी सम्बन्धित तहको जिम्मा लगाइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x