१७ मंसिर २०८०, आईतवार

भारत द्धारा अष्ट्रिलियाबाट ३ र इन्डोनिसियाबाट १ जना नेपालीको उद्धार

एसीपी संवाददाता

१२ जेष्ठ २०७७, सोमबार ०९:१० मा प्रकाशित

फाइल / तस्बीर

भारतले अस्ट्रेलियाको सिड्नीबाट तीन र इन्डोनेसियाबाट एक नेपाली विद्यार्थीको उद्धार गरेको छ ।

नेपालस्थित भारतीय दूतावासका अनुसार सिड्नीबाट कास्कीका एकै परिवारका तीन जनाको सोमबार उद्धार गरिएको हो । नेपाली दूतावाससँगको समन्वयमा उनीहरूलाई इन्डियन एयरलाइन्समा दिल्ली ल्याइएको भारतीय दूतावासले जनाएको छ ।

यसरी आउनेमा अर्जुनप्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिना छन् । उनीहरूमध्ये एक बाबु र दुई छोरा हुन् । जेठो छोराको बोनम्यारोको ट्रान्स्प्लान्ट गर्नुपर्ने भएपछि उनीहरू दिल्लीको बीएलके अस्पताल आएका हुन् । एक छोराले अर्को छोरालाई बोनम्यारो दिँदै छन् । उनीहरू अहिले अस्पतालमा सुरिक्षत रहेको र तीनै जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको पनि दूतावासले जनाएको छ ।यस्तै, चितवन रत्ननगर–९ की सेविका ढकाललाई गत शुक्रबार उद्धार गरिएको हो । उनी भारतकै हरियाणा राज्यको महाऋषि मार्कण्डेय विश्वविद्यालयमा अध्ययनरत थिइन् । बीबीए दोस्रो सेमेस्टरमा अध्ययनरत उनलाई कलेजले इन्डोनेसियाको एयरलंगा विश्वविद्यालयमा तीनमहिने ‘एक्स्चेन्ज कार्यक्रम’ अन्तर्गत पठाएको थियो । ढकाललाई इन्डोनेसियामा रहेको नेपाली दूतावाससँगको समन्वयमा उद्धार गरिएको हो ।श्रोत कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x