भारतबाट नेपाली आउने क्रम बढे पछि यातायात व्यवसायी स्वास्थ्यको जोखिम मोल्दै सेवा दिन बाध्य


भारतबाट बाँके लगाएत सिमानाकामा नेपाली आउने क्रम बढे पछि नेपालगन्जका यातायात व्यवसायी हरुले स्वास्थ्यको जोखिम मोल्दै सेवा दिन बाध्य भएका छन् । लकडाउन शुरु भएसँगै बन्द भएको यातायात ब्यवसाय भारतबाट आउने नेपाली नागरिकलाई उनिहरुको गृह जिल्ला पठाउन प्रशासनको आग्रह अनुसार सेवा शुरु गरेका छन् ।
अहिले नेपालगन्ज बसपार्कमा केही दिन देखि यता बस व्यवसायीको चहलपहल देखिन शुरु भएको छ । स्थानीय प्रशासनको आग्रहमा नेपालगन्जको जमुनाह नाकामा जम्मा भएका मानिसहरुलाई उनिहरुको जिल्ला पठाउन यातायात ब्यवसायीहरुले सेवा दिन थालेका हुन् ।

भेरी बस ब्यवसायी समितिका कोषाध्यक्ष कृष्ण प्रसाद सुबेदीले सरकारबाट ब्यवसायीलाई कुनै सुबिधा नभएको बताउनुभयो । स्थानीय तह र प्रशासनको आग्रहमा आँफुहरुले सेवा दिइरहेको बागेश्वरी यातायात समितिका इन्चार्ज विनोद रिजालले बताउनुभयो । तर सरकारले गाडी चालक, सहचालकहरुको स्वास्थ्यको विषमा गम्भिरता नदेखाएको रिजालले गुनासो पोख्नुभयो । प्रशासनको आग्रहमा ज्यान जोखिममा राखेर सेवा दिएपनि नेपाल सरकारले यातायात मजदूरहरुको स्वास्थ्यका विषयमा पनि कुनै चासो नदिएको बस ब्यवसायीहरुको गुनासो छ ।