१७ मंसिर २०८०, आईतवार

अस्ट्रेलियाको पाँचौँ टी-२० विश्वकप उपाधि

एसीपी संवाददाता

२५ फाल्गुन २०७६, आईतवार १३:५० मा प्रकाशित

मेल्बर्नमा आयोजित खेलमा पहिला ब्याटिङ गर्दै आयोजक अस्ट्रेलियाले भारतलाई १८५ रनको लक्ष्य दिएको थियो।
यो अस्ट्रेलियाको पाँचौँ टी-२० विश्वकप उपाधि हो। घरेलु दर्शकका अगाडी अस्ट्रेलियाली खेलाडीहरूले आक्रामक रूपमा खेल
तर दोस्रो इनिङ्समा ब्याटिङ गर्न आएको भारतीय टोलीका सबै खेलाडी ९९ रनमै आउट भए
महिला दिवसकै दिन एमसीजी रङ्गशालामा आयोजित खेलमा ८६,००० भन्दा बढी दर्शक उपस्थित थिए।
भारतकी १६ वर्षीया खेलाडी शेफाली वर्मा पहिलो ओभरमा दुई रन बनाएर आउट भइन् भने जोमिमा रोड्रिग्सले कुनै रन बनाउन सकिनन्।
स्मृति मन्धानाले ११ रन बनाइन् भने हरमनप्रीत पनि धेरै समय मैदानमा टिक्न सकिनन्।
टस जितेर अस्ट्रेलियाकी कप्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x