१२ मंसिर २०८०, मंगलवार
बाँकेमा कोभिड १९ बारे लिएको स्याम्पल जाँचकै क्रममा


बाँकेमा हाल सम्म भएको कोरोना संक्रमितहरुको जाँच रिपोर्ट आउने क्रम जारी रहेको छ । बाँके स्थित रहेको भेरी अस्पतालमा शनिबार ४० जनामा कोरोना संक्रमितको रिपोर्ट पोजेटिभ आएको जानकारी सार्वजनिक भएको छ ।

बाँकेमा हाल सम्म आडीटी जाँच ४ हजार ५९ जना रहेको छन् जसमा ३८ सय ८८ जनाको रिपोर्ट नेगेटिभ र १७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर बाट भएको जाँचमा १६ जनाकै रिर्पोट आउन बाँकी रहेको छ ।

आरटी पीसीआर बाट भएको जाँचमा ४२ सय ९५ जनाको स्याम्पल कलेक्सन गरेकोमा ३७ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको हो भने २ सय ६७ जनामा संक्रमण पुष्टि भएको र १ सय ९५ जनाको रिपोर्ट जाँचको क्रममा रहेको स्यास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु दिएका छन् ।
Subscribe
Login
0 Comments