१७ असार २०८३, बुधबार

खराब मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूमि (दार्चुला) मा प्रवेश गरेको हो, गलत मनसायले हैन : परराष्ट्रमन्त्री खनाल

एसीपी संवाददाता

१७ असार २०८३, बुधबार १६:४४ मा प्रकाशित

दार्चुलाको नेपाली आकाश र भूमिमा भारतीय हेलिकप्टर प्रवेश गरेको घटनालाई लिएर सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली क्षेत्रमा प्रवेश गर्न पुगेको स्पष्ट पार्दै यसमा कुनै गलत वा शङ्कास्पद मनसाय नरहेको प्रष्ट पारेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले मौसम खराब भएपछि प्राविधिक कारणले हेलिकप्टर नेपाली आकाशमा आउन बाध्य भएको जानकारी दिए। यस घटनालाई लिएर कुनै पनि खालको भ्रम वा आशङ्का पाल्न नहुने भन्दै उहाँले सीमा क्षेत्रमा मौसम र प्राविधिक कठिनाइका कारण यस्ता परिस्थितिको सिर्जना हुने गरेको बताए ।

यसका साथै मन्त्री खनालले छिमेकी मुलुकहरूसँग देखिने सीमासम्बन्धी समस्या वा यस्ता प्राविधिक विषयहरूलाई नेपाल सरकारले कूटनीतिक वार्ता र स्थापित संयन्त्रमार्फत नै समाधान गर्न प्रतिबद्ध रहेको दृढता व्यक्त गरे। सार्वभौमिकता र सीमा सुरक्षाप्रति सरकार पूर्ण रूपमा सजग रहेको भन्दै उहाँले कूटनीतिक संवादबाटै विवादहरूको निरूपण गरिने कुरामा जोड दिएका छन् । श्रोत –  अग्नीबाँण

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x