चीनले नेपालको भुमि अतिक्रमण गरेर भवन बनाएको स्थानिय र जनप्रतिनिधीको गुनासो

हुम्लामा चीनले अतिक्रमण गरेर भौतिक संरचना बनाएको स्थान नेपालकै रहेको स्थानिय जनप्रतिनिधी र स्थानियबासीहरुले फेरि दोहोर्याएका छन् । केहि बर्षअघीसम्म गोठ राखेको ललोङ्गजोङ्ग पाटनमा आएर चीनले भवन बनाएको जनाउँदै उनीहरुले सो क्षेत्र नेपालकै भएको दावी गरेका हुन् । चीनले भवन बनाएको ठाउँ सहित सीमास्तम्भको निरिक्षण भ्रमणमा गएको पूर्व मन्त्री तथा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवन बहादुर शाही नेतृत्वको टोलीसँग स्थानिय जनप्रतिनिधी र स्थानियहरुले सो भूमी नेपालकै भएको दावी गरेका हुन् ।
सीमास्तम्भ र चीनले भवन बनाएको क्षेत्रको निरिक्षण गरि नाम्खा गाउँपालिका वडा नम्बर ६ को जाङ गाउँ आएपछि हाम्राकुरासँग कुरा गर्दै टोली नेता शाहीले १२नं सीमास्तम्भ पुनर्निर्माण गरिएकाले शंकास्पद रहेको बताए । उनले भने, ‘यसको बारेमा भूमिसुधार मन्त्रालय र परराष्ट्र मन्त्रालयको औपचारिक धारणा माग्नुपर्ने हुन्छ।‘
- सगरमाथाको उचाइबारेमा विभागका कर्मचारीहरु एक शब्द पनि बोल्दैनन् । चुपचाप छ सरकार ?
- चिनियाँ ‘दादागिरी’मा सरकारी मिलेमतो भए पछी रिपब्लिकन पार्टी आक्रोशित
- हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान
- सगरमाथामा नै चीनले आफ्नो भएको दाबी गरेपश्चात् सुरु भएका वार्ता
- अध्ययन नै नगरी भूमि चीनकै हो भन्ने गलत-निधि
१२ नम्बर सीमा स्तम्भ रहेको लाप्चा भञ्ज्याङमा शाहीको टोली शुक्रवार पुगेको थियो । शाहीको टोली ५०३२ मिटरको उचाईमा रहेको १२ नम्बर सीमा स्तम्भको निरिक्षण गरेर समेत फर्केको छ । निरिक्षण टोलीले सो स्तम्भ पनि हालसालै बनाएको पाएको हो । चिनियाँहरुले सो पुरानो स्तम्भलाई हटाएर नयाँ स्तम्भ बनाएकाले सिमा स्तम्भ शंकास्पद भएको शाहीले बताए । सो स्तम्भ पुनर्निर्माण गर्ने बेला लिमिका स्थानियले समेत थाहा पाएनन् नत कोही सरकारी अधिकारीहरु नै आए ।

चीनले नेपालको भूमि हडपेको तथा सगरमाथा पनि गुगल म्यापमा आफ्नोतिर पारेको दावी गर्दै विरोधमा प्रदर्शन
लिमिको लाप्चामा रहेको १२ नम्बर स्तम्भलाई चिनियाँ पक्षले एक पक्षीए रुपमा मनपरी मर्मत गर्दा पिल्लरको डाइरेक्सन परिवर्तन गरेको उल्लेख गर्दै नाम्खा ६ हल्जी गाउँका ५२ बर्षिय फुन्जु तामाङले नेपाली भूमीमा समेत मिचेर चिनियाँहरुले भवनहरु बनाएको बताए । १० बर्षको उमेरदेखि आफू सो भवन बनाइएको क्षेत्रमा जाने आउने गरेको स्मरण गर्दै उनी भन्छन्, ‘हामीहरुले पहिला त्यहाँको पाटनमा गोठ राख्थ्यौ अहिले उनीहरुले घर बनाएर व्यारेक पो बनाए।’
१२ नम्बर स्तम्भ निरिक्षण गरेर फर्केको टोली ११ नम्बर स्तम्भको पनि निरिक्षणमा जाने क्रममा रहेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता जीवन बहादुर शाहीको नेतृत्वमा ४५ जनाको टोली १२ नम्बर सीमा स्तम्भसम्म गएपनि त्यसमध्येका आधाभन्दा बढीचाहि सदरमुकाम र अन्य आफ्नो स्थानमा फर्केका छन्। १९ जनाको टोली ११ सीमा स्तम्भसम्मै पुग्नेछ । टोलीमा शाहीसँगै पूर्व सांसद रीता शाही, नेपाली कांग्रेस जिल्ला सभापति जयपती रोकाया, स्थानिय निकायका जनप्रतिनिधिहरु र पत्रकारहरु पनि सहभागी छन् । सिमिकोटका अध्यक्ष पदम बहादुर लामा र खार्पुनाथका अध्यक्ष कर्ण बहादुर रावल १२ नम्बर स्तम्भ अनुगमन गरेर फर्केका छन् ।
नाम्खाका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरु नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरु नेपाली भूमिमा रहेपनि सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानियहरु भने चिन्तितसँगै आक्रोशित भएको उनले बताए ।
यसअघी नाम्खा गाउँपालिका ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाँगले बताए । चिनियाँहरुले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरु बनाएको बताएका थिए ।साभार हाम्रोकुरा.कमका लागि जनक बहादुर शाहीले लेखेको समाचार




