११ मंसिर २०८३, बिहीबार

दमकमा वन्न लागेको औद्योगिक पार्क एकपक्षीय रुपमा अघि बढाए दुंगा हान्ने चेतावनी

एसीपी संवाददाता

१५ पुष २०७७, बुधबार ०७:२४ मा प्रकाशित

दमक , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालले दमकमा वन्न लागेको औद्योगिक पार्क एकपक्षीय रुपमा अघि बढाए दुंगा हान्ने चेतावनी दिएका छन् ।
मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले लिम्बुवान विकास विरोधी नभएको बताउदै विकासको नाममा जनता उठिबाँस गरिए हाम्रो पार्टीलाई त्यो कदापि स्वीकार्य नहुने स्पष्ट पारे ।
दमकमा आज आयोजना गरिएको विरोध सभामा बोल्दै उनले पार्क क्षेत्रमा पर्ने जग्गा गरिब दुःखीबाट थाहै नदिई सस्तोमा नेकपाका नेताहरुले विघौं किनेर महंगो मूल्यमा सरकारलाई बेच्ने षडयन्त्रको भण्डाफोर गर्ने चेतावनी दिए । उनले भने– ‘४०औं विघा जग्गा संस्तो मूल्यमा किनेर जनतालाई भूमीहिन र सुकुम्बासी बनाउने कदमको लिम्बुवानले विरोध गर्नेछ ।’
त्यहाँका जग्गाधनीलाई उचित मुअब्जा विना एकपक्षीय रुपमा अघि नबढाउन सरकारलाई आग्रह गर्दै लिङ्देनले यदि त्यसो नगरिए ढुंगाले हान्ने चेतावनी दिए । पार्क बन्नुपर्छ तर सो पार्क निर्माणमा सबै दललाई समेटेर सर्वदलिय समिति बनाउनु पर्ने उनले प्रष्टयाए ।

सबै राजनीतिक दललाई समेटेर अघि बढे मात्र औद्योगिक पार्क बन्न सक्ने भन्दै त्यसो नगरि सत्ता र शक्तिको भरमा अघि बढे दुर्घटना निम्तिने उनले चेतावनी दिए । उनले भने,–‘यदि हाम्रो माग सम्बोधन नभए त्यहाँ चीनको लगानी खेर जाने छ ।’
अध्यक्ष लिङ्देनले बरु म मर्छु तर अरवौमा विकेर लिम्बुवानको आन्दोलनलाई १५ बर्ष देखि निरन्तर मञ्चको पथमा हिडेको र कहिल्यै धोका नदिने स्पष्ट पारे । कांग्रेस र नेकपा भनेको हावाले भरेको बेलुन भएको र त्यो कतिबेला फ्यास्स फुट्न सक्ने भन्दै तर यस मञ्च भनेको असली जनताको भएको उनले टिप्पणी गरे । कांग्रेस ,नेकपाले देश खोक्रो बनाई सकेको हुँदा युरोपियन युनियन, अमेरिका, चीन, भारत लगायतबाट आइरहेको लगानी खरानी भईरहेको उनको आरोप थियो ।
एक प्रसंगमा अध्यक्ष लिङ्देनले यतिवेला एकात्मकवादीहरु दिउँसो दिउँसो कम्यूनिष्ट र कांग्रेस हुने रातारात राजावादी हुने द्वैध चरित्र भएको मान्छेसँग होशियार रहन आग्रह गरे । अध्यक्ष लिङ्देनले थप जोड्दै –दलितहरु माथि अन्याय ,अत्याचार भईरहेको छ मञ्चले सम्पूर्ण दलितहरुको मुक्तिको लागि वलिदानी दिन पछि नपर्ने उल्लेख गरे ।
विभिन्न नारा लेखिएको प्ले कार्ड सहित निकालिएको रयालीले दमकको गणतन्त्र चोकदेखि उत्तर दमक जेसीज चोक ,नमुना मार्ग, सुर्तीलाईन हुँदै गणतन्त्र चोकमा पुगेर आमसभामा कार्यक्रम परिणत भएको थियो ।

ब्याक अफ चाईना भन्दै चिनियाँ दूतावास आगाडि प्रदर्शन


सभालाई मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्, महासचिव संगम खनाल, उपमहासचिव भानु भट्टराई, ईन्दीरा मेन्याङ्बो, केन्द्रीय सचिव राजु राई, दलित नेता बलराम सदा, विद्यार्थी नेता सजन याक्खा लगायतका पहिचानवादी वक्ताहरुले सम्बोधन गर्दै वर्तमान ओली नेतृत्वको सरकार अहिले सम्मका राजनीतिक उपलब्धीहरुलाई समेत गुमाएर निरंकुशता लाद्ने शैलीमा अघि बढेको उल्लेख गरेका थिए ।
वक्ताहरुले नेकपा सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरोध गर्दै संघीयताको मर्म विपरित भौगोलिक विविधता र प्राकृतिक विवधतामा आदिवासी जनजातिले संरक्षण गर्दै आएको प्राकृतिक सुन्दरतालाई दोहन गर्दै संघीय विरोधी गतिविधि गरेमा जस्तो सुकै प्रतिकारमा पनि उत्रिन सक्ने चेतावनी दिएका थिए ।
विरोध सभामा सहभागि हुन पार्टीले विभिन्न ठाँउवाट पार्टी कार्यकर्ताहरु उतारेको थियो । जिल्लासहित छिमेकी जिल्ला मोरङ, इलाम र सुनसरीबाट समेतबाट सयौंको संख्यामा कार्यकर्ताहरु सहभागि भएको प्रचार प्रमुख दिलकुमार लाओतीले वताए । लिम्बूवानले लामो समयपछि दमकमा सरकार विरुद्ध बृहत शक्ति प्रर्दशन गरेको हो ।
कार्यक्रम मञ्चका केन्द्रीय सचिव तथा कार्यक्रम व्यवस्थापन संयोजक धनराज सुब्बाको अध्यक्षता साथै केन्द्रीय सचिव विष्णु माया थापाले सञ्चालन गरेकी थिइन् । हाम्रोदमक बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x