“नयाँ मुलुक” का रूपमा यी चार ओटा जिल्ला
तस्बिर बिकिपिडियाबाट
बाँके मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। वि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गले ब्रिटिस इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत वि.सं. १८७३ को सुगौली सन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बाँके लगायतका जिल्लाहरूलाई “नयाँ मुलुक” का रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ ।
यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पुर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जको नाका भारत सँग जोडिएको छ ।
बाँके,बर्दिया,कैलाली,कञ्चनपुर-नयाँ मुलुकका रूपमा चिनिन्छ
नेपालगञ्ज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाको गृहनगरको रूपमा परिचित बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्यको राजधानी मानीन्छ । अती विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गर्छ। नेपालगञ्ज विमानस्थल क्षेत्रीय विमानस्थलको रूपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौं देखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाईचाराको सन्देश दिनु हो ।
तुर्किस्तान मुस्लिम अल्पसंख्यक माथी सिन्जियाङमा नरसंहार भएको दावी
ओली सरकार असफल हुनाका कारण बुँदागत
यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वारा र बौद्ध गुम्बाहरू यहाँको सांस्कृतिक धरोहरहरू हुन । साथै नेपालको कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज यो क्षेत्रको गौरब हो । यहाँको नेपालगञ्ज मेडिकल कलेजमा छिमेकी भारत सहित श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान आदी देशहरूबाट विद्यार्थी आई अध्ययन गर्ने गर्छन । बाँके जिल्ला संक्षिप्त जानकारी • अञ्चल: भेरी अञ्चल• प्रदेश: प्रदेश नं. ५• सदरमुकाम: नेपालगञ्ज• क्षेत्रफल: २,३३७ वर्ग कि.मि.• जनसङ्ख्या: ४९१३१३ (२०६८)• गाउँपालिका(हरू): १. खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जनकी गाउँपालिका, डुडुवा गाउँपालिका, राप्तिसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका नगरपालिका(हरू):२. नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका• प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या: ४• भौगोलिक अवस्थिति: तराई• प्रमुख भाषाहरू: नेपाली, अवधी, थारु, , गुरुङ आदी • ताल:- रानी ताल, वाटर पार्क ताल• नदीहरू:- राप्ती, दुदुवा, मानखोला, पन्ध्रखोला• प्रमुख नालाहरु :- डुडुवा, किरण नाला, रोहिणि ,झिंजरी , गुडुवा , खैरी गोठरी र जेठी नाला,• धार्मिक स्थल:- बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा ज्योति चर्च आदि ।• पर्यटकीय स्थल:- महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क , बाँके राष्ट्रिय निकुञ्ज , कोहलपुर गोलपार्क, ढकेरी बनभोज क्षेत्र, सीक्टा , आदीश्रोत : गुगल तथा ग्रुपका Admin हरुनोट : कुनै कुरा थप्नु परे सल्लाह र प्रतिक्रिया दिनुहोला। बाँकेग्यालारीको पोस्टबाट






[…] “नयाँ मुलुक” का रूपमा यी चार ओटा जिल्ल… […]