१ श्रावण २०८३, शुक्रबार

नेपाली नागरिकको कोरोना संक्रमण चेकजाँच चीनले गर्ने

एसीपी संवाददाता

१६ आश्विन २०७७, शुक्रबार ०४:३० मा प्रकाशित

नेपालतर्फ कोरोना परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि नाकामा काम गर्ने चालक तथा लेबरको कोरोना परीक्षण चीनले नै गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा काम गर्ने कामदारको कोरोना परीक्षण चीनले गर्ने भएको छ । नेपालतर्फ कोरोना परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि नाकामा काम गर्ने चालक तथा लेबरको कोरोना परीक्षण चीनले नै गर्ने भएको हो । 

बुधबार रसुवागढी नाकास्थित मितेरी पुलमा दुई देशका अधिकारीबीच भएको बैठकमा चिनियाँ पक्षले नाकामा खटिएका कामदारमा कोरोना भए–नभएको जाँच गर्नका लागि पिसिआर परीक्षण गर्न सहमति जनाएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । ‘सात दिनमा पिसिआर परीक्षण गरी तीनदिनभित्र रिपोर्ट बुझाउनु भन्छन्, तर हामीले त सक्दैनौँ, हामी नेपालको स्वास्थ्य प्रोटोकलअनुसार स्वास्थ्य मन्त्रालयले भनेअनुसार गर्ने हो, उनीहरूलाई त्योभन्दा बढी आवश्यकता छ भने त उनीहरूले नै पूरा गर्नुपऱ्याे,’ उनले भने, ‘बैठकमा पिसिआर परीक्षण १४ दिनभन्दा अघि गर्न सक्दैनौँ भन्दा नाकामा खटिने लेबर र चालकको पिसिआर परीक्षण आफैँले गर्छौँ भनेका छन्, हामीले पनि हुन्छ भनेर अनुमति दिएका छौँ ।’  

हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान

हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान

नाकामा खटिएकाहरूको कोरोना परीक्षणका लागि अक्टोबर ३ अर्थात् शनिबार चिनियाँ पक्ष रसुवागढी नाकामा आउने जानकारी गराएकोसमेत खड्काले बताए । ‘नाकामा खटिएका चालक र लेबरको नामलिष्ट पठाउनु, पिसिआर टेस्ट हामी गरिदिन्छौँ भनेका छन्, त्यसैअनुसार हामीले पनि अनुमति दिएका छौँ,’ उनले भने । 

नेपाल-भारत बिच सम्बन्ध सुधारको पहल शुरु

चीनले रसुवागढी नाका एकतर्फी रूपमा सञ्चालनमा ल्याएदेखि १७ जना चालक र ३२ जना लेबर गरी ४९ जना नाकामा खटिएका छन् । उनीहरू टिमुरेमा तीनवटा होटेल भाडामा लिएर होटेल क्वारेन्टिनमा बसेका छन् । होटेल क्वारेन्टिनमा बसेको, खाएको स्वयं कामदारले नै व्यहोर्नुपर्नेछ । 

त्यस्तै चीनतर्फ गएको पहिरोका कारण चार दिनदेखि बन्द रहेको रसुवागढी नाका बिहीबार पुनः एकतर्फी रूपमा सञ्चालनमा आएको छ । रसुवागढीनजिकै चिनियाँ भूभागमा गएको पहिरो हटाएसँगै बिहीबार चिनियाँ एउटा कन्टेनरमा रेडिमेट सामग्री नेपाल भित्रिएको छ भने व्यवसायीले ल्याएको १४ वटा माइक्रो गाडीसमेत नेपाल भित्रिएको भन्सार प्रमुख खड्काले बताए । श्रोत – नयाँ पत्रिका

बर्दियाको गुलरियामा: ब्याक अफ  चाईना भन्दै प्रदर्शन

बर्दियाको गुलरियामा: ब्याक अफ चाईना भन्दै प्रदर्शन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x