२ श्रावण २०८३, शनिबार

नेबिसंघका महामन्त्री बैद्यद्वारा बिपन्न परिवारलाई खाद्यान्न बितरण

एसीपी संवाददाता

५ कार्तिक २०७७, बुधबार १२:४७ मा प्रकाशित

नेपाल बिद्यार्थी संघका महामन्त्री मनोज बैद्यले आर्थिक रुपमा बिपन्न परिवार, बिद्यार्थी र श्रमिकलाई लक्षित गर्दै खाद्यान्न बितरण गरेको छ ।

बैद्यले बुधबार काठमाडौंको चावाहीलमा ६५५ जनालाई खाद्यान्न बितरण गरेको हो । प्रत्येक परिवारलाई चामल, तेल, नून, मस्यौरा, दाल, चियरा लगाएतका खाद्य सामाग्री बितरण गरिएको नेविसंघ महामन्त्री बैद्यले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण समस्यामा परेका वर्गलाई चाडपर्वमा सहयोग गरिएको उहाले बताउनुभयो । बैद्यले राज्य जनताप्रति उत्तरदायि हुन नसकेको भन्दै सांकेतिक विरोध स्वरुप पनि सहयोग कार्यक्रमलाइ निरन्तरता दिइएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री शाही आफै भन्छन् चीनद्वारा सीमा मिचिएको छ छानविन गरौं

यसअघि बैद्यले मास्क बितरण गर्नुभएको थियो भने बिभिन्न स्थानमा समस्यामा परेका बर्गहरुलाई खाजा खुवाउने अभियान सञ्चालन गर्नुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x