१ श्रावण २०८३, शुक्रबार

बुटवलमा आन्दोलन चर्किदै

एसीपी संवाददाता

१९ आश्विन २०७७, सोमबार ०४:०५ मा प्रकाशित

प्रदेश ५ को राजधानी दाङ तोक्न प्रदेश सरकारले गरेको प्रस्तावविरुद्ध बुटवलमा आन्दोलन चर्किदै छ

प्रदेश ५ को राजधानी दाङ तोक्न प्रदेश सरकारले गरेको प्रस्तावविरुद्ध बुटवलमा आन्दोलन चर्किन थालेको छ । रुपन्देहीलाई स्थायी राजधानी तोकिनुपर्ने माग राख्दै यहाँका व्यवसायीसमेत सडकमा उत्रिएका छन् ।

सरकारको प्रस्तावविरुद्ध कांग्रेसले बन्दसहितका कार्यक्रम राखेको अवस्थामा आइतबार बिहानै यहाँका व्यवसायीहरूले बुटवलमा प्रदर्शन गरेका छन् । आन्दोलन चर्किन थालेपछि प्रशासनले बुटवलका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

रुपन्देहीका व्यावसायिक संघसंस्थाहरूले उक्त प्रस्ताव सच्याउन आग्रह गर्दै आन्दोलनमा उत्रिएको जनाएका छन् । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघसहितका रुपन्देहीका व्यावसायिक संघसंस्थाले उक्त प्रस्तावको विरोध गर्दै फिर्ता गर्न सरकारलाई दबाब दिन संघर्ष समितिसमेत गठन गरेका छन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति गठन भएको छ । प्रदर्शनकारीले सांसदहरूलाई ‘माननीयहरू होसियार, फेरि भोट चाहिन्छ कि  चाहिँदैन’ भन्दै नारा लगाएका थिए ।

यता मुख्य प्रतिपक्ष दल नेपाली कांग्रेसले आह्वान गरेको बन्दको  प्रभाव विभिन्न क्षेत्रमा परेको छ । कांग्रेसले बन्ददेखि प्रदेश सभा घेराउ गर्नेसम्मका कार्यक्रम तय गरेको छ ।

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणका अनुसार कांग्रेसले ‘सोमबार बुटवल जाऔँ, राजधानी जोगाऔँ’ नाराका साथ प्रदेश सभा घेराउ गर्ने निर्णय गरेको छ । असोज १९ मा प्रदेश सभा बैठक बसेर प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भएको छ ।साभार – नयाँ पत्रिका

मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार

मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x