सरकार विरुद्ध मण्डलामा मैनबत्ति जुलुस र विरोध सभा
नेपाली काँग्रेस बीपी केन्द्रिय कार्यसमितिले सरकार विरुद्ध माइतिघर मण्डलामा मैनबत्ति जुलुस र विरोध सभा आयोजना गरेको छ ।
सरकारले राष्ट्रघाती कदम हत्या, हिंसा, बलात्कार, जनविरोधि गतिविधि विरुद्ध नेपाली काँग्रेस बीपीले माइतिघर मण्डलामा शुक्रबार मैनबत्ति जुलुस र विरोध सभा आयोजना गरेको हो ।
आफूहरुले सरकार विरुद्ध बिरोध गर्नुको १५ बुंदे कारण समेत प्रस्तुत गर्दै नेपाली काँग्रैस बीपीले सरकारका जनविरोधी क्रियाकलाप तथा भ्रष्टाचार र प्रमुख प्रतिपक्ष दलको मौनताको समेत विरोध गरेको जनाएको छ ।
उनीहरुले मुलुकमा भएका बलात्कार तथा हत्याका श्रृखं)लाको अन्त्य गरी बलात्कारीलाई हदै सम्मको कारबाही गर्नुपर्ने, सिमा विवादको समस्या हल गर्नुपर्ने, डा गोविन्द केसीसँग सरकारले १९ औं अनसन तोड्ने क्रममा गरेका सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, ९ वर्षदेखि अनसनरत गंगामायालाई न्याय दिनुपर्ने लगायतका विभिन्न कामहरु राख्दै उनीहरुले आन्दोलन गरेका छन् ।




[…] सरकार विरुद्ध मण्डलामा मैनबत्ति जुलु… […]