१७ कार्तिक २०८१, शनिबार

सम्झौता भएको १० महिना बित्दा समेत काममा सिन्को नभाच्ने ठेकेदार

एसीपी संवाददाता

११ पुष २०७६, शुक्रबार १५:३५ मा प्रकाशित


उत्तम कुमार थापा बझाङ

११ पुस- पानकोट पुलको सम्झौता भएको लामो समय विति सक्दा समेत कम्पानीले काममा अहिले सम्म सिन्को भाचेको छैन ।

पुलको जिम्मा पाएका ठेकेदार सम्झौता भएको लोमो समय वितिसके पछि पौष ११ गते शुक्रवार जिल्लामा रहेको पानकोट पुलको बारेमा बुझन आयका थिए । ठेकेदार पौडेलले अषाढ मसान्त सम्म काम गरि सक्ने बताएका हुन ।

बझाङ चैनपुरको पानकोट पुल निर्माण कार्यमा ढिलाइ भएको छ । जिल्लाका साविकका ८ वटा गाविस जोड्ने स्टिल पुलको निर्माण कार्य रोकिएपछि स्थानीयमा पुल नबन्ने हो कि भन्ने चिन्ता छाएको थियो ।

झण्डै ८ करोड रुपैयाँको लागतमा निर्माण हुन थालेको ६९ मिटर लम्बाईको पानकोट पुल निर्माणको जिम्मा ईलाईट कन्ट्रक्सनले लिएको थियो । निर्माण कम्पनीले २०७५ चैत्रमा सम्झौता गरी ०७७ बैशाखमा निर्माणसम्पन्न गरिसक्ने सम्झौता गरेपनि हालसम्म पुल निर्माण कार्य अगाडि बढेको छैन ।

‘सम्झौता भएको १० महिना पुगिसक्दा समेत पुल निर्माणका सामाग्रीहरु आइपुगेको छैन,’ ‘स्थानीय चन्द्र सिंहले भने, ‘ठेकेदारले पुल निर्माण कार्यमा ढिलाई गर्दा जनताले सास्ती भोग्नु परेको छ ।’ सेतीपारी जोड्ने सडक निर्माण भइसकेको तर सेती नदीमा पक्की पुलहरु निर्माणमा ढिलासुस्ती हुँदा सेतीपारीका बासिन्दाहरु यातायाताका सुविधाहरुबाट बञ्चित भएका छन् ।

‘सम्झौता अवधि भित्रै निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यले पुल निर्माणका सामाग्रीहरु हेटौडामा बन्दैछन्,’ पुल निर्माणको जिम्मा पाएका कन्ट्रक्सनका ठेकेदार अजय पौडेलले भने, ‘निर्माण हुन थालेको पुल पक्की पुलजस्तो नभएर स्टिल ब्रीज भएकाले समय लागेको हो । हेटौडामा सम्पुर्ण सामानहरु निर्माण पश्चात एकै चोटी बझाङ लिएर पुल बनाउछौं ।’

जिल्लाको जयपृथ्वी नगरपालिका चैनपुरमा अलपत्र अवस्थामा रहेका पानकोटे पुल ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x