२८ श्रावण २०८३, बिहीबार

चिनियाँ सुरक्षाकर्मी बाह्रै महिना बस्छन् , नेपाली क्षेत्रमा भने भौतिक पूर्वाधारको अभाव

एसीपी संवाददाता

२३ पुष २०७७, बिहीबार ०७:०४ मा प्रकाशित

हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेटमा झर्‍यो, पाइपमा हिउँ जमेपछि नदीको पानी पिउँदै सशस्त्र प्रहरी

चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा केही दिनयता हिमपात भएको छ । बाक्लो हिउँ जमेको भए पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी)ले सीमा सुरक्षा गस्ती गरिरहेको छ ।

चीनमा आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण

नाम्खा गाउँपालिका– ५ को हिल्सा नाका क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएयता नियमित सीमा सुरक्षा गस्ती गर्दै आएको छ । अहिले हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेडमा झरेको छ । हिमपातका कारण मान्छेको चलहपलह कम भएको समय पारेर सीमा क्षेत्रमा आपराधिक गतिविधि नहून् भनेर सुरक्षा गस्ती जारी राखेको सश्स्त्र प्रहरीका इन्स्पेक्टर सुरज केसीले बताए । ‘हिउँ परिरहेको भए पनि नियमित गस्ती गरिरहेका छौँ,’ इन्स्पेक्टर केसीले भने ।

केही दिनदेखि लगातार परेको हिउँले नारालेक सेताम्य भएको छ । बाटोमा पनि बाक्लो हिउँ जमेको छ । तैपनि सशस्त्र टोली हिउँ छिचोल्दै उत्तरी सीमा क्षेत्रमा गस्ती गर्दै आइरहेको छ ।

चीनले भूमि अतिक्रमण गरेको विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी


अहिले हिल्सा बिओपीमा २२ जना सशस्त्र प्रहरीको टोली छ । त्यस्तै, हिल्सामा होटेल कुरुवा १२ जना कामदार छन् । अरू सबै बेसी झरिसकेका छन् । हिल्सामा रहेको सीमा प्रहरी चौकी पनि कात्तिकमै सदरमुकाम सिमकोट फर्किएको थियो ।

भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन

हिल्सा नदी उत्तरको चिनियाँ क्षेत्रमा सुविधासम्पन्न भौतिक पूर्वाधार छन् । त्यहाँ चिनियाँ सुरक्षाकर्मी बाह्रै महिना बस्छन् । हिल्साको दक्षिणतिर नेपाली क्षेत्रमा भने भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको पाइपमा पनि हिउँ जमेको छ । जसले गर्दा सशस्त्रको टोली नदीको पानी प्रयोग गर्दै आएको छ । नयाँपत्रिकाबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x