११ मंसिर २०८३, बिहीबार

बाँकेमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

एसीपी संवाददाता

१० पुष २०७७, शुक्रबार १८:०० मा प्रकाशित

नेपालगन्ज, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभा विघटनप्रति विरोध जनाउँदै आएको जनता समाजवादी पार्टी नेपाल (जसपा) का भातृ संगठन समाजवादी विद्यार्थी यूनियन बाँकेले पुतला दहन गरेको छ ।

कुन नाराको सन्देश बहुआयामिक छ ? केपि ओलिको पाराले……..।

नेपालगन्जको त्रिभुवन चौकमा आज शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरिएको यूनियन बाँके स्रोतले जनाएको छ ।

चीनको दोहोरो चरितार्थका कारण नेपाली ब्यापारी दु:ख पाउदै

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्ने क्रममा विभिन्न नारा सहित सरकारको गतिविधि मुर्दावाद भनी नारा लगाइएको थियो ।

नेपालगन्जमा सम्पन्न गरिएको पुतला दहनमा जनता समाजवादी पार्टी (जसपा) बाँकेका नेता कमरुद्दीन राई, अम्बिका काफ्ले, हिक्मत विक, राजन राना मगर,श्रवण कुमार यादव, राजेन्द्र विश्वकर्मा ,उमेश कुमार बर्मा ,धर्मराज बर्मा ,रजिव बर्मा, कौशल धोबी, दिपा राना मगर , सिद अहमद कुरेसि,फैज हैदर, माजिद अलि शेषल समाजवादी मुस्लिम संघका केन्द्रीय सचिब अनीश शाह गायत नेता तथा कार्यकर्ताहरुले सरकारको गलत निर्णयलाई सच्याउनुपर्ने बताएका थिए । जनता समाजवादी पार्टी (जसपा) बाँके स्रोतले जनाएका छन् ।

नेकपा बिवाद बढदै जादा यान्छी केपि ओलिलाई भेट्न् जादा समय दिएनन् प्रधानमन्त्रीले

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x