१२ मंसिर २०८३, शुक्रबार

संसद बिघटनबिरुद्ध बृहत नागरिक आन्दोलन

एसीपी संवाददाता

१९ माघ २०७७, सोमबार ०७:२९ मा प्रकाशित

संसद बिघटनबिरुद्ध बृहत नागरिक आन्दोलनले आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको सिफलस्थित सहिद धर्मभक्त माथेमाको शालिक अगाडि भेला भएर उनीहरुले संसद विघटनको विरोध गरेका थिए ।

सो क्रममा विभिन्न नारा लेखिएको प्ले कार्ड तथा व्यङ्ग्य चित्रहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागिहरुले ‘नागरिक अगाडि बढ्दै छ, सर्वसत्ता ढल्दैछ’, ‘संविधानको रक्षा गर, न्यायिक सुशासन कायम गर’, ‘संसद् विघटनको दुष्साहस, लोकतन्त्रको उपहास’, ‘जो रक्षक उही भक्षक लगायतका नारा सहितका प्लेकार्ड बोकेका थिए ।

कोरोना उत्पत्ति बारेमा अनुसन्धान गरी रहेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीद्धारा निकै गम्भीर दृष्टिकोण

विरोध कार्यक्रममा प्राध्यापक केदारभक्त माथेमा, लेखक खगेन्द्र संग्रौला लगाएतले संसद बिघटनको विरोध गर्दै प्रधानमन्त्रीले अधिनायकवाद चरित्र देखाएको टिप्पणी गरेका थिए ।

कार्यक्रममा केदारभक्त माथेमा, प्राध्यापक खगेन्द्र संग्रौला, लेखक लगाएतले बोल्नु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा बृहत नागरिक आन्दोलन भइरहेको छ ।

कम्यूनिष्ट मिलाउन कसरत गर्ने चीनबाट जम्मा ३ लाख कोरोना बिरुद्धको खोप दिने घोषणा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x