नेपाली भुमी मिचेर चीनले हुम्लामा भवन निमार्ण गरेको स्थानमा भारत सरकारद्धारा ४ करोड बराबरको सहयोग
भारत सरकारको सहयोगमा हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा रहेको श्री माहादेव उच्च माध्यमिक विद्यालमा पुस्तकालय र प्रयोगशालाको निमार्ण हुने भएको छ ।
पुस्तकालय र प्रयोगशालाको निमार्णका लागि भारतीय राजदुतावास, संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालय र चंखेली गाउँपालिका प्रतिनिधिहरुबीच एमओयु सम्झौता भएको छ ।
नेपाल भारत मैत्रि विकास साझेदारी परियोजना अन्तर्गत रहेको यो योजनाका लागि भारत सरकारले ४ करोड नेपाली रुपैयाँ बराबर छुट्याएको छ । यो योजना भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत रहेको छ ।
भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन
चिनियाँ सीमासँग जोडिएको हुम्लामा भारतीय सहयोग बढ्नु चीनका लागि त्रासपूर्ण रहने छ । नेपाली भुमी मिचेर चीनले हुम्लामा ठूला भवनहरु निमार्ण गरेको आरोप लागिरहेका बेला भारत सरकारले हुम्लामा विकासका लागि अनुदान दिएको हो ।
पछिल्लो समय चीनले नेपालमा राजनीतिक फाइदाका लागि आफ्ना लगानी बढाउँदै गएको छ । यसबीच भारत सरकारले भने अनुदान स्वरुप अत्यावश्यक संरचना निमार्ण गरिरहेको छ । सन् १९७६ मा स्थापना भएको यो विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र सीटीईभीटी अन्तर्गत रहेको छ ।
भारतले नेपालमा सन् २००३ यता शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा ४ सय २८ योजनाहरु निमार्ण गरिदिएको छ । यीमध्येका १४ योजनाहरु प्रदेश ६ मा रहेका छन् । हुम्लामा एक विद्यालय निमार्ण सम्पन्न भएको छ भने न्य ४ निमार्णाधिन अवस्थामा रहेका छन् ।
नेपाल र भारतबीच एतिहासिक सम्बन्ध रहिआएको छ । सोही अनुरुप भारतले नेपालका सबै क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । नेपालपाना बाट



