नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली भारत जादैं
नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन बिहिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जादैं हुनुहुन्छ । भारतमा दुई दिन बिहीबार र शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा हुने दुई दिवसिय बैठकमा भाग लिन ज्ञवाली भारत जान लागेको काण्माण्डौ स्थित संवाददाताले जानकारी दिएका छन् ।
आज बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत पुग्ने बित्तिकै नै संयुक्त आयोगको बैठक सुरु हुने श्रोतले ।
दार्चुला नेपाल-भारत सिमानाकाबाट एकै दिन १४ सय बढीको आवत जावत गराईयो
शुक्रबार बैठक सम्पन्न भएपछि ज्ञवालीले राजनितिक भेटघाट गर्नुहुने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतबाट शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल भारत द्धिपक्षीय विविध आयामसहित व्यापार, उर्जा, सीमा, पारवहन, कोभिड १९, सहकार्य पूर्वाधार, कृषि, पर्यटनलगायत विषयमा छलफल हुनेछ ।
ज्ञवालीले बैठक पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । भ्रमण दलमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव, सहसचिव, भारतका लागि नेपालका राजदूतलगायत छन् ।
बंगलादेशबाट पनि धोखा ५० हजार मेट्रिक टन मल जीटुजी सम्झौता पछि पनि दिएन


