२ श्रावण २०८३, शनिबार
एकैदिन ७४ सहित १ सय १० जनामा कोरोना पुष्टि
भेरी अस्पताल नेपालगन्जमा गरीएको कोरोना परिक्षणमा ठुलो सँख्यामा संक्रमितहरु भेटिएका छन ।
भेरी अस्पतालले मंगलबार बेलुका ५ बजे जारी गरेको विवरण अनुसार एकैदिन बाँकेका ७४ सहित १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार ठुलो संख्यामा संक्रमित निको भई डिस्चार्ज
संक्रमितमध्ये सबैभन्दा धेरै बाँकेका रहेका छन । पछिल्लो २४ घण्टामा ३१७ जनाको स्वाव परिक्षण गर्दा बाँकेमा २६ महिला ४८ पुरुष गरि ७४ र अन्य जिल्लाका ७ महिला २९ पुरुष गरि ३६ जनामा संक्रमण देखिएको हो । बाँकेमा अहिले ५ सय ९९ जना संक्रमितहरु उपचारमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।
Subscribe
Login
0 Comments



