१ श्रावण २०८३, शुक्रबार

थप ४८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

एसीपी संवाददाता

१९ आश्विन २०७७, सोमबार ०५:५९ मा प्रकाशित

बाँकेमा आज थप ४८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

अब आइसोलेसनमा ३ सय ८० जना छन् । बाँकेमा हालसम्म २ हजार ५० जनामा कोरोना पुष्टि हुँदा २० जनाको भने मृत्युु भइसकेको छ ।

यसैबीच बाँकेमा आइतवार थप १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भेरी अस्पताल प्रयोगशालामा १० जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशाला र बागेश्वरी प्रयोगशालामा दुई-दुईजना गरी १४ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ५० पुगेको छ । बाँकेमा अहिलेसम्म भाइरस संक्रमणबाट ३० जनाले ज्यान गुमाएका छन् ।तीमध्ये १० जना उपचारका लागि आएका जिल्ला बाहिरका विरामी रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनाबाट बाकेमा एक जनाको मृत्यु

कोरोनाबाट बाकेमा एक जनाको मृत्यु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x