बालबालिकामा सचेतना फैलाउन बाँके युनेस्कोद्वारा शिक्षकहरुलाई स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण प्रदान
बाँके युनेस्को क्लबले जिल्लाका चार वटा पालिकालाई लक्षित गरेर रक्षा परियोजना सञ्चालनमा ल्याएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको सो परियोजना बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । उहाँले सो परियोजनाले चारवटा पालिकामा विशेष गरेर मानवेचविखन विरुद्धको अभियानमा काम गर्ने बताउनुभयो ।

क्लबका अध्यक्ष राजेन्द्र चौधरीले वेचविखनको उच्च जोखिममा रहेका माध्यामिकस्तरका बालबालिका, अन्य जोखिममा परेका र बेचविखनमा परेकाहरुलाई चेतना प्रदान गर्नुका साथै सहयोग उपलब्ध गराउने उदेश्यले सो परियोजना सञ्चालन गरिएको बताउनुभयो । सोही परियोजना अन्तर्गत माध्यामिक विद्यालयका बालबालिकामा सचेतना फैलाउने उदेश्यले १० वटा विद्यालयका शिक्षकहरुका लागि स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको छ ।
चीनले शुरु गर्यो जग्गा नापने काम नेपालले कहिले शुरु गर्ने
प्रधानमन्त्रीको नाम जोडिएको बुढीगण्डकी जलविद्यत् आयोजना फेरि चर्चामा
आइतवारबाट शुरु भएको तीन दिने सो तालिममा चारवटा पालिकाका १० माध्यामिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ । सो तालिमका मुख्य प्रशिक्षकमा शिवलाल पाण्डे रहनु भएको छ भने परियोजनाका कार्यक्रम संयोजक शान्त चौधरी र फिल्ड सुपरभाइजर शंकर सिंह थारुले सहजीकरण गरिरहनु भएको छ ।
बाँके जिल्लाको नेपालगञ्ज, कोहलपुर र खजुराजस्ता सहरी क्षेत्रहरु बेचविखनको अत्याधिक जोखिममा रहेकोले सन २०२२ सम्मका लागि यो परियोजना सञ्चालन गरिएको कार्यक्रम संयोजक चाधैरीले बताउनुभयो । उक्त परियोजनाबाट बेचविखनमा परेकालाई आपातकालिन सहयोग, जिविकोपार्जनका लागि सहयोग र शिपमूलक तालिम पनि प्रदान गरिने क्लबले जनाएको छ ।




[…] बालबालिकामा सचेतना फैलाउन बाँके युने… […]